पुस १२ -
बालिकालाई बलात्कार गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एक जवानलाई जिल्ला
अदालत मकवानपुरले ५ वर्ष कैद गर्ने फैसला गरेको छ । पीडित बालिकालाई
पीडकबाट ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । जिल्ला
न्यायाधीश टेकनारायण कुँवरको बिहीबार बसेको इजलाशले मनह ३ घर भई मनह
कत्लेखोलास्थित सशस्त्र प्रहको अस्थायी बेसक्याम्पका २६ वर्षीय प्रह जवान
रोशन पुडासैनीलाई १२ बर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त
फैसला गरेको हो ।
चार कक्षामा अध्ययन गर्ने ती बालिकालाई कार्तिक ५ गते जंगल गएको अवस्थामा
पैसाको लोभ देखाएर बलात्कार गरेका थिए । गाउँलेले पुडासैनीलाई समातेर
कारबाहीका निम्ति सशस्त्रको अस्थायी क्याम्पमा बुझाएका थिए । सशस्त्र प्रह
संगठनले पुडासैनीलाई जागिरबाट निलम्बन गरेर कारबाहीको निम्ति गत कार्तिक ७
गते प्रहलाई बुझाएको थियो ।