Pages

Saturday, July 16, 2016

गन्तब्य ऐरावती २०६८ (सश्मरण)


रिर्पोटर डायरी

२०७१/१/१ गते  
सलिम अन्सारी।
जीवन दर्शन यती मनोरम लाग्छ की जो शब्द र वाक्यमा ब्याख्या प्रयाप्त रहन्न।मनोरमको ब्याख्या मनै भरी हुन्छ। त्यसको आख्यान प्रत्येक मन मनमा क्षण बन्छन,त्यसका क्षण सधै एक समान रहन्न। मेरो क्षण मेरै क्षण अनुसार सुकुमार बन्छ। तन्नेरिन्छ,मध्य, वयस्किन्छ,असी बर्षे उटपटयागीँन्छ,यस्तै त्यस्तै। हो प्रकृतीलाइ प्राकृत रुपमा अबिचलित राख्ने साझा नेपाली कर्तब्य सबै धर्म पनी सर्बोपरी धर्म धारण हो।यिनै चेष्ठाका धारणा छरेर तत्काल छातीमा हात राखी आफैलाइ सुम्सुमाएँ अलिकती यो सुम्सुमाइ हजुरलाइ अर्पण गरे।२०६८ पौष २७ गते  प्यूठानको ढुगेँगढी बडडाडाँ बजार बाट कास्कोट हँसपुर दुमहि हुदैँ ऐरावती निस्कने योजना बोकेर पदयात्रामा निस्केका हामी अपरान्ह दुमही माडी नदिमा हालिएको  झोलुगेँ पुल तरेपछी दागँबागँको सल्लीकोट गाउँ तर्फको बाटो तताउँदै थियौँ। अर्थात हाम्रो योजना अनुसार पुल तरेपछी झन्डै पन्ध्र मिनेटको पैदल दुरीमा रहेको प्रशिद्द तिर्थस्थल ऐरावती जान छोडेर सल्लीककोटका लागी उकालो बाटो लाग्दै थियौँ।मनमा यात्रामा हुनुपर्ने उल्लास र अनुहारमा रौनक थिएन, खुलेको आकाश सगै बाटोको फेदिँ तर्फ झिमरुक र माडि नदिको सँगम र त्यहाँको सौन्दर्य प्रष्ट देखिन्थयो।ती दुइ बहिनीको सुस्हाट र गडगडाहट आवाज प्रष्ट सुन्न सकिन्थ्यो।यद्दपी अस्ताउदो घामले बाताबरणलाइ थप चिसो पार्दै थियो।यता हाम्रो मनहरुमा उठने अनेक तर्कनाहरुले भने मन अध्यारिदै गएका थिए।कहिले जिल्ला सदरमुकाम त कहिले ऐरावतीको दुइ साताको यात्राले कार्यकर्मका लागी बनाइएको कोर्स सिद्दाएको दुइ दिन पनी बितेको थिएन। प्यूठान र अर्घाखाँचीको सिमानामा रहेको प्राचिन सभ्यताको ऐतिहासिक दश्ताबेज र परापुर्व कालको धार्मीक अनुष्ठान ऐरावतीमा माघेसक्रान्तीको अबसर पारेर साँगितीक कार्यक्रम गर्ने योजना हाम्रो थियो। नेपाल सरकारले सन २०११ लाइ पर्यटन बर्षका रुपमा मनाइरहेका बेला यहाँको कला, भाषा,सँस्कृती र पर्यटन प्रबर्द्धनका लागी प्रचार प्रसार गर्ने उध्यशयले हामीले दुर्गममा यस्तो कार्यक्रम गर्ने योजना बनाएका थियौ। हजारौ बर्ष पहिले देखी मिसिएका नदिहरुको सँगमस्थललाइ मानव जातीले पनी जोडन चाहयो,अर्थात हामी यहाँको महत्व र सँम्भावनाको खोजी र प्रचार प्रसार गर्न चाहन्थयौ। म सगै त्यस क्षेत्रका बारेमा अली धेरै बुझेका स्थानिय हितैसी माधव गाह पनी साथै हुनुहुन्थ्यो।हाम्रा लागी कार्यक्रम सफल पार्नका लागी आर्थिक पहिलो कुरा थियो।किन की दुरदराजमा कार्यक्रम गर्ने भन्ने कुरा चानचुन थिएन। यद्दपी जिल्ला स्थित सरकारी कार्यालयले ऐरावती गन्तब्यका रुपमा मनाउने र कार्यालय प्रमुखहरुको बैठक पनी सोहि ठाउमा बस्ने निर्णय गरिसकेका थिए।सरकारी अधिकारी राजनितीक दल र जिल्ला स्थित महत्वपुर्ण ब्याकिहरु समेत आउने खबरले  हामीलाइ कार्यक्रम कसरी व्यबस्थित गर्न सकिन्छ भनेर चिन्तीत बनायो। हामीलाइ सहयोग गर्ने भनि बचन दिएका सहयोगी सँस्थाले मुख्य आयोजक भए मात्र सहयोग गर्ने सुचना पठाए पछी म र ऐरावती क्लवका साथीहरु बीच छलफल गरी मुख्य आयोजक  कल्बलाइ नै अगाडि बनाउने र सवै संयोजन हामी आफै गर्ने निधो गरी तयारीलाइ तिब्र पार्ने निर्णय गर्यौ। हामीले रेडियो माण्डबी,प्यूठान समाचार दैनिक, स्वर्गद्धारी राष्टिय साप्ताहिकलाइ अफिसियल मिडिया बनायौ।तिनले कार्यक्रमको प्रचार प्रसार गर्न सघाएँ।मिडिया ब्यबस्थापन देखी कलाकार,टेन्ट हाउस जेनेरेटर साउन्ड सिष्टमको टुगोँ र  अतिथीहरुको छिनोफानो गरि सकिएको थियो।तर हामी सँग दाङ्बाङ स्थित ऐरावती युवा कल्बले तिहारको अबसरमा भैलो खेलेर सँकलन गरेको पन्ध्र हजार र बडडाडाँमा चन्दा सँकलन गरेको दश हजार बाहेक एक सुको थिएन।उता सरकारी कार्यालय र अतिथीहरु सँग समन्वय गर्ने जिम्मा नेपाल पत्रकार महासघँ प्यूठानका निबर्तमान उपाअध्यक्ष दाजु प्रमोद पोख्रेलले लिनुभएकाले तैयारी स्वरुप आर्थिक जुटाउन घरबाट निस्किएको थिएँ। जिल्लाको यात्रा गर्न पनि साइत जुराउनुपर्ने बाध्यताका बिच यसपट्क चार दिनको यात्रा पनि त्यसरी नै जुरेको हो। उसो त छोटो तर रमणिय बन्यो यसपट्कको ऐरावती यात्रा। त्यो दिन साथी माधव र म पुल देखी झन्डै एक घण्टाको ठाडै उकालो र साघुँरो गोरेटो बाटो हुँदै कल्बकी सचिब लिला रानाको घरमा पुग्यौ।त्यहाँ पुगेर कल्बका अन्य सदस्य र स्थानियसँग हामीले छलफल गर्यौ आफुले लिएका जिम्मेबारी र भएका प्रगतीहरु बारे केहि समिक्षा गरे पश्चात हामी त्यहि  बास बस्यौ। त्यहा बस्ने साथीहरुले अध्यक्षको अगुवाइमा गाउँमै अन्य तयारी गर्ने र म माधव लिला अनिता राना र धारा पुरीको पाच जनाको टोली आर्थिक सहयोग जुटाउन गाउँ तिर लाग्ने योजना बनायौ। जसोतसो रात काटेर बिहानै ब्यग्रताका साथ अ‍ोराली तर्फ लाग्यौँ,त्यो दिनको घोषित कार्यसुची सहयोग सँकलन गर्दै गर्दै अर्घाखाचीको जलुके पुगेर बास बस्ने थियो। झिमरुक नदिको किनारै किनार त्यस दिन हिडिरहदा वाटोमा कुनै बिन्दुबाट कतै फर्केर पनी एउटै फोटो खिचिएको भए त्यसको पोष्टकार्ड बनाएर भित्तामा सजाउन मिल्ने थियो, तर कमै बोलेर एकोहोरो हिडिरहेका हामी पाचँ जनाको मन यती उदास थियो कि त्यसको बर्णन गरी साध्य छैन।त्यस दिनको मनोदशालाइ अघिल्लो दिनको त्यो उकाली चढदाको हाम्रो स्थितीलाइ दाँजेर हेरयौ भने प्रष्ट भै हाल्छ,मान्छेलाइ के ले खुशी बनाउछ र के ले दुखी बनाउछ भनेर।झिमरुक नदि किनारका ती बस्तीहरु सिचाइ सुबिधा पुगेका खेती योग्य जमीनमा लगाइएका तरकारी खेती र उव्जनी देखेर यस्तो लाग्दै थियो की पैशा कमाउन बिदेशीने युवाहरुखले यहि मेहनत गर्ने हो भने माटोमा सुन फलाउन सक्ने छन। यदि राज्यले कृषिमा लगानी बढाउने र युवा कृषकलाइ अनुदान सहयोग उपलब्ध गराउने हो भने केहि हद सम्म बिदेश पलाएन हुनबाट युवाहरुलाइ रोक्न सकिन्थ्यो कि भन्ने लाग्यो। गाडी र पैड्लभन्दा बढी मनको यात्रा रमाइलो हुन्छ ऐरावती छिर्दा। ज्यान घिर्सीरहेको हुन्छ तर मन डौडिरहेको हुन्छ यहाँ पुग्दा।गावैपिच्छे फरक फरक अभाव र कथा बोकेर बसेको छ ऐरावती। झिमरुक र माडी मिसिएको ठाउँ पुग्दा ईतिहास भुगोल हर हिसावले रोचक लाग्छ धेरैका लागि। ढ्कमक फुलेर पनि मायांलुहरुले बांड्न नपाएको गुलावको फुल जस्तै छ बिकट्ताले च्यापिएको ऐरावती। बयान गरिसाध्य नहुने यो सुन्दरता पर्यट्कले चुमन पाए कहाँ पुग्थ्यो होला यहाँको समबृद्धी? ऐरावती पुग्ने जो कोहिले पनि एकपट्क सोध्ने र सोच्ने सवाल हो यो। यात्राका दौरान भेटिदै थिए एकपछी अर्को प्रकृतिका नयाँ नयाँ उपाहार।  तर त्यहाँ यातायात सन्चार बिधुत र स्वास्थय लगाएतका सुबिधा नभयको देख्दा राज्य बेखबर भयको महशुस हुन्थयो।हामीले स्थानिय वुद्दिजीबी समाजसेवी सगँ भेटदै र ऐरावतीमा आउन निम्तोपत्र थमाउँदै सहयोगको अपिल गर्यौ ऐरावतीको प्रचारप्रसार यस क्षेत्रको कृषि पर्यटन परम्पराको प्रबद्र्दनका लागी कायक्रमको आयोजना गरिएको जानकारी गराए पछी त्यहाँ हामीलाइ सहयोग नगर्ने कोहि भएन्न।यसले हामीमा केहि आशा पलायो।दिनभर हामी दाब्र माझीदमार बेलबोट लगाएतका नदि किनारका स्थानियसगँ कै भलाकुसारीमा बितायौँ,दिन घर्किदै थियो समयले सिमा नाघिसकेको थियो। सुर्यका किरणहरु पनी बिदाइका सँकेत गर्दै थिए।पहाडी भु भागमा घन्टौ उकाली अ‍ोराली गरिरहदाँ शरीर निकै थकित हुन थाल्यो,शरिरले हिडाइको प्रतिरोध गर्न थाल्यो,सहयोगको अपिल गर्दै हिडेका हामी प्रत्यक घर घरमा पुगिरहँदा दिनको अधिकतम सात घण्टा हिडेका थियौ।तर बाटोमै रात पर्न नदिने हो भने त्यस दिनको हिडाइ कम्तीमा अरु  तिन घण्टा लम्विनेवाला थियो। यात्राको अग्रीम चौथाइ तिर आइपुग्दा मेरो खुटटाले धोका दिने लक्षण देखाए भने दिनभर म भन्दा पछी पछी हिडेका साथीहरुले अब मलाइ उछिनेर अघि लाग्न थाले।तिघ्रा,पिडुला र पैताला तिनै ठाउँबाट अब केहि सहिन्न भन्ने सँकेत मिलिरहयो।खाली कुन चाहि भागले पहिला धोका दिने भन्ने प्रश्न मात्र बाँकी रहयो,अती भएपछी झोलाको भार कम गर्ने नाउमा एउटा पसलमा बसेर चाउचाउ र बिस्कुट किनेर खाएपछी थोरबहुत भोक मेटिएको महशुस हुन थाल्यो।लाग्यो जीवनमा पनी सवै भौतिक बस्तुहरुको उपादयता यस्तै हो बाध्य भएर मैले पनी अब लठठी टेक्नै पर्ने भयो जलुके पुग्नै लाग्दा थकान दिकदारी र चिन्ताले खर्लपै निलिसकेको थियो मलाइ।साथीहरुको चेहरामा कुनै चमक थिएन बोलीमा कुनै जोश जाँगर र फुर्ती थिएन।आज कहाँ बस्ने हो भन्ने कुनै टुगो थिएन।तर पनी सुस्त सुस्त भएपनी यात्रालाइ भने जारी नै राखीरहयौ।रातको त्यस्तै दश बजेको हुनुपर्छ एक्कासी आकाश गर्जन थाल्यो,पानीका छिटाहरु पर्न थाले,त्यसै माथी अघोर जगँल र अधेरी रात,हामी अझैँ आधी बिच जगँल मै थियौँ। शरिर शिथिल भै सकेको थियो। त्यसैले दौडिने कुनै सामर्थय नै रहेन।यश बखत हामिले कुनै दुख मानेनौ बरु प्रकृतिले स्वागत गरेको भन्दै अघि बढिरहयौँ।किन कि यो हाम्रो रहरको यात्रा थियो। जिम्मेवारी र दायित्वको यात्रा थियो। प्रकृति संग लुकामारी गर्दै माघेसकान्ती मनाउने यो हाम्रो पर्यट्किय यात्रा थियो।  यात्रा अगाडि बढ्दै थियो नयाँ नयाँ दृश्यले हामिलाइ पछाडी फर्कन भन्दै थिय।देशी तथा बिदेशी पर्यटक कुरेर बसेका छन यहाँका दृश्यहरु।खेतीयोग्य जमिन संगै जोडिएको मानिसको बस्ती यहाँको  बस्तिको थप आक्रषक हो।आकाशे पानीमा रुझदै भिज्दै भए पनी करिव पौने घण्टाको हिडाइ पछी हामी हाडेँमा रहेको साथी लिलाको आफन्तको घरमा आएर बास बस्यौ। हाँडे स्याँला गाउँबाट देखिने झिम्रुक फांटको मनोरम दृश्यले आज यतै बसेर हामिलाइ नियाल भन्दै थिए। म घरबाट हिडेको २ दिन पुरा बितीसकेको थियो। ती गाउँमा आफुसगँ मोबाइल भए पनी सन्चार सुबिधा नभएकाले सम्पर्क हुने कुरै भएन न मेरो घर फोन हुन सक्यो न पत्रकार दाजु प्रमोद र रामकुमार सगँ नै कतै सम्पर्क स्थापित हुन सकेन।यता घरबाट बुवा र दाजुले मेरो बारेमा दुमहिमा फोन गरी जानकारी लिएको कुरा भोलीखेर दुमहि आएपछी मात्र पत्तो पाएँ।दुमहिको पुल तरेपछी सल्लिकोट तर्फ उकाली चढदै गर्दा मेरो मनमा बिझाइ राखेको एउटा प्रसगँले भोलिखेर जलुकेबाट ऐरावती तर्फ आउदै गर्दा फेरी बल्झियो।पहाडी जनजिबनलाइ सम्मभव तुल्लयाउने प्राकृतिक सम्पादाको सँरक्षणमा र ऐतिहासिक धार्मिक सम्पादामा सरोकारवालाले देखाएको उदाशिन्ता बर्षौ अघी ऐरावती जोडन भनी खनीएको बडडाडाँ ऐरावती कच्ची कृषि सडकको जिर्ण स्थिती डाब्र र यस आसपासको गाउँका झिमरुक नदि किनारका ती उर्बर खेती योग्य जमिन यस क्षत्रको सँस्कृती र परम्परा यी र यस्ता कैयोँ सवालको प्रबद्दनमा कसैले चासो नदिएको प्रती रोश र चिन्ता प्रकट भैरहन्थयो भने त्यसले मेरो मनोस्थितीलाइ अझ चर्को निशानी तिर धकेल्थ्यो यो प्युसो पत्रकारको मन मष्तिस्कमा,पहाडको भुगोललाइ समेत मानिसलाइ जीवन दिने सल्ला साल र साझ जस्तो महत्वपूर्ण र गुनिलो बनस्पतीलाइ निमीटयान्न पार्दै मानिसहरुले चर्को मरुभुमीकरणलाइ त निम्ताइरहेका थिए नै समग्र पहाडी भेगका मानिसहरुको अस्तित्व र सभ्यतालाइ यसले चुनौती दिइरहेको थियो।खानेपानीका लागी घन्टौ सम्म कुर्नुपर्ने ग्रामिण भेगका बासिन्दाको त्यो पिडा सम्झदा साच्चिकै त्यो नै मेरो बिशाक्तपुर्ण अनुभव थियो मेरो त्यो दिनको अन्तिम साढे एक घण्टाको यात्रा मेरो ज्यानका लागी अग्नि परिक्षा सावित भयो।तर कार्यक्रम  कसरी सम्पन्न गर्ने भन्ने चिनताले भने पिरोलिरहयो।यी र यस्ता कुरा मनभरी खेलाउदैँ जसरी तसरी घिसारीदै पछारिदैँ हामी ऐरावती आइपुग्यौ।मनको सगँलो धारणा भन्दा अरु पवित्रता खोजेर पनी पाइन्न कतै,ऐरावती पदयात्रा मैले आन्नद भन्न रुचाँए मन मनै भने प्रकृतीको बरदान स्वरुप बनेको प्राकृतिक छटा झिमरुक र माडीको सँगम त्यहा प्रवेश र निस्कने स्वतन्त्र आवागमन सवैको अधिकार र हक, ऐरावतीको त्यो रमणीय परिबेशले शरिरको थकान र खुटटाको पिडालाइ बिर्साइदिन थाल्यो।मनले हिजोका ती कष्टदायी क्षणहरलाइ सामान्य बनाइदियो।मनले महशुस गरेपछी गर्यो गर्यो,बादल सित बतासिए पनी हावा सगैँ हल्लिए पनी समुन्द्रि छालसगैँ लहराए पनी मन मडारिएकै हुन्छ,मन मस्त हुन्छ, मन त्रस्त हुन्छ, मन शान्त हुन्छ,मन नतरेको कुनै सागर छैन।मनले नघुमेको कुनै ग्रह छैन,मनले नदेखेको कुनै रहस्य छैन हजार तिर बिभाजित यो मन मनोरन्जनमा उर्फिन्छ मन महसुश गरेर मस्किन्छ,मनले नभेटेको कुनै महामहिम छैन मनले ननाघेको कुनै मर्यादा छैन, मन नचढेको कुनै हिमाल छैन,हो जब मैले ऐरावतीको प्रागँणमा पाइला टेके, तब बतासिएको मनले सफल्ताको ठोकुवा गर्न थाल्यो।युगौ देखी ऐरावती हजारौ मानिसहरुको आस्थाको केन्द्र बनिरहेको छ।जहाा माघेसक्रान्तीको दिन ठुलो मेला लाग्ने गर्छ।एकातिरबाट झिमरुक आएको छ अर्को तिरबाट माडि,अत्यन्तै शालिन ढगँले उनीहरुको मिलन भएको छ, जो कहिल्यै छुटेन्न।उनीहरुले त्यो दोभानमा एउटा बगर बनाएका छन।बगरको माथी पटटी यौटा शिव मन्दिर छ,त्यहाँ पुजाआजा हुने गर्छ धार्मिक आस्था नराख्नेहरुका लागी पनी ऐरावती आकर्षणको केन्द्र बनिरहेको छ। प्यूठान सहित अर्घाखाची,दागँ,कपिलबस्तु,लगा
यतका जिल्लाबाट मेला हेर्न र यहाँ दर्शन गरे  पाप कटने सन्तान लाभ हुने र स्वर्ग पुगिने बिशवासमा हजारौ मानिस जम्मा हुने गर्दछन।टाढा टाढा बाट जम्मा भएको मानब सागरले एकदिन भए पनी मानब मिलनको अनुभव गर्छन।जसरी यी दुइ दिदि बहिनीको अटुट सम्बन्ध गाँसिएको छ।सबै उमेर समुहको एक आपसमा सन्चो बिसन्चो खोजखबर,मायाँ ममता र सम्बन्ध विस्तारको सँगमस्थल बन्छ ऐरावती।पुरानी सकेका साथीभाइ इष्टमित्र र आफन्तहरु भेटिन्छन र उनीहरुले आफूहरुलाइ रमाइलो र आन्नदित महशुस गर्छन,ऐरावतीको त्यो रात सुखदुख बिसाउने चौतारी बन्छ सवैका लागी।माघको चिसो भएर के भो त्यही ऐरावतीले धेरैको प्रेम गाँसिदिएको छ।कैयौँ सँग मन जोडिदिएको छ।सम्बन्ध बनाइदिएको छ,पराइ आफनो बनाइदिएको छ। ह्ो त्यसैले त बाँचिरहेछ ऐरावती।नदि मान्छे बन्छ मान्छे नदि बन्छ,माछाहरु पौडि खेल्छन,चराचुरुगीँहरु नाच्छन,प्रकृती मुस्कुराउछ,तीन तीरका त्रिभुजकारका धुरी आकाश चुमेको अनुभुती गर्छन।अब त्यो झिमरुक र माडि मिसिनुले मात्र चिनियन,मानब मनहरुको मिलनस्थल बनेर चिनिएको छ।अझ यसो भनौ ऐरावतीले माडि र झिमरुकलाइ मात्रै जोडेन त्यस आसपासका गाउँ बस्तीलाइ पनी आफू सँगै जोडदिएको छ।प्यूठानको दागँबागँ र हँसपुर तथा अर्घाखाचिको जलुके र ऐरावती सगै जोडिन्छन।मानविय मनहरुलाइ त जोडयो नै ऐरावती घना जगँलको बिचमा अवस्थित छ।त्यसैले यस्ले चराचुरुगीँ र जगली जनाबरलाइ पनी उसै गरी जोडदिएको छ।पहिलो पटक यसरी गहिरीएर यहाँको अध्यन गर्ने साइत जुरयो।कार्यक्रम हुने दिनको अघील्लो साझँ दुमहि आएर मैले घर आफु आराम रह्को जानकारी गराएँ,सन्चार उधमी दाजु प्रमोद पोख्रेललाइ मैले पुरा गरेको कामको फेअरिष्ट बताएँ।उहाँले मलाइ आफुले अतिथीहरु लिएर आउने बताएपछी म मा खुसीको सिमा नै रहेन।त्यो रात मेरो दुमहिमा बित्यो।फेरी भोलीखेर हाम्रो टिम धार्मिक मेला लाग्ने स्थल पुग्यौँ। जती समय बित्दै थियो त्यती नै धेरै हाम्रो कार्यक्रमको मिती पनी नजिकिदै थियो। तर मन्च बन्ने कुनै सुरसार नै थिएन। किन की हाम्रा सबै उपकरणहरु अर्घाखाचीबाट आउनुपर्ने थियो।त्यसको जिम्मा गायक रामकुमार बिष्टले लिनुभएको थियो।भुगोलको बिकटताका कारणले गर्दा सन्चार सुबिधा प्रभाबकारी नहुदाँ उहाँसगँ सम्पर्क हुन सकिरहेको थिएन।करिव दुइ घण्टाको पर्खाइ पछी जिपमा साउन्ड सिस्टम जेनेरेटर र टेन्टका सामानहरु आएपछी हामी मन्च ब्यावस्थापन तर्फ लाग्यौ। यतिकैमा कार्यक्रममा तत्कालिन प्यूठानका सिडियो लुक बहादुर क्षेत्री सहितको सरकारी अधिकारीहरु र पत्रकार प्रमोद पोख्रेल सहितका सन्चारकर्मी साथीहरु आइपुग्नुभयो।उहाहरुलाइ हामीले भव्य स्वागत गर्यौ। लाग्यो कि यतीबेला जिल्ला नै ऐरावतीमा खनिएको छ।यद्धपी मन्चको काम भने बाँकी नै थियो। साझपख कलाकारहरु सपना गाह सिता राना दिपक गरौजा रामकुमार बिष्ट नृत्य बिधामा अर्घाखाचीमा ख्याती कमाएको आकार नृत्य तथा म्युजिक सेन्टरका निर्देशक मदन न्यौपाने र सरिताको टोली आएपछी रातको नौ बजेबाट हामीले कार्यक्रमलाइ औपचारिक रुपमा अगाडी बढायौ। पुस ३० गते भएको माघेसक्रान्ती मेला २०६८ को म र लिला रानाको सन्चालनमा सहयोगी र मिजाशिला स्वभाबका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले भव्य समारोहका बिच उद्धघाटन गर्नुभयो। उहा सगै कार्यक्रममा सहभागी हुन पुग्नुभएका निमित्त स्थानिय बिकास अधिकारी चन्द्र बहादुर जिसी,बरिष्ठ कृषि बिकास अधिकृत श्याम प्रसाद रिजाल अनुसन्धान डियसपी भीम बहादुर बुढाथोकी भु सँरक्षण कार्यालय प्रमुख दिवाकर पौडेल दुर सन्चार कार्यालय प्रमुख बलराम पौडेल  त्यस्तै नेपाल पत्रकार महासघँ प्यूठानका उपाअध्यक्ष प्रमोद पोख्रेलको अगुवाइमा पत्रकार साथीहरु केशर रोका, प्रज्वल पहाडि,श्रीधर भटराइ थानेश्वर कालाथोकी बिष्णु न्यौपाने त्यस्तै युवासघँ नेपाल प्यूठानका तत्कालिन अध्यक्ष मोहम्मद हलिम नेपाली कागे्रस जिल्ला सचिव शिव रिजाल अधिबक्ता रामेश्वर सुवेदी छिमेकी गाबिसका सचिवहरु बुद्धिजीबि समाजसेवीहरुको उल्लेखनिय उपस्थितीले कार्यक्रम सफल पार्न थप बल पुग्यो,रातभर कलाकारहरुको स्वरले ऐरावती सगितमय बन्यो।पहिलो पटक ऐरावतीले आफनो रगँ फेर्न पायो।लोपउन्मुख स्थानिय गर्रा नाच सोरठी मारुनी नचरी नाचको प्रदर्शन गरिए।सारगी सनहि मुर्चुगाँ मुरली र मादलुको तालमा कैयोँ झुमेँ। हामी पुरै मगर संस्कृतिभित्र हरायका थियौ त्यो संगितमय  उज्यालो रातमा। देशको एउटा कुनाभित्र गुमनाम बनेको पर्यटकिय स्थाम र आदिम परम्परा र संसकृतीसंग साक्षात गर्न पाउनु चानचुने अबसर थिएन हाम्रो लागि ।खासमा ऐरावती पुग्ने बहाना बनेको थियो मेरो लागि यहि गन्तवय ऐरावती। भोलिखेर बिहान दुइ नदीको दोभानमा स्नान गरे पश्चात कार्यालय प्रमुखहरुको बैठक ऐरावतीमा बसेपछि  त्यहिबाट ऐरावतिलाइ छड्केसलाम ठोक्दै लावारिसे बनेको ऐरावतिका रमणिय तस्बिरहरु नयनभरी सजाउँदै बाइ बाइ गर्दै लाग्यौ पुन बड्डडाँडा तर्फको यात्रामा।छोटो र मीठो यो यात्राले ऐरावती भेगको नयाँ पर्यटकिय गुरुयोजना मनमा सजाइदिएको छ।  कार्यक्रम सम्पन्न गर्न  महत्वपुर्ण सहयोग गर्ने दाजु प्रमोद पोख्रेल, हाम्र अफिसियल मिडिया  सरकारी अधिकारी सवै सहयोगी हातहरु र कलाकारहरुको म तारिफ गरिरहन्छु। चिन्तनको सन्दर्भ चेष्ठामा अडिएको हुदोरैछ।चिन्तन आस्थाको चेष्ठा पक्षधरको भनेरै चित्त बुझाएँ मैले मेरो देशिय समाज परम्परा र सँस्कारको स्वाद चाखेर मनलाइ चित्त बुझाएँ त्यहाको निर्मीत मन्दिर र परिबेशको दर्शन गरेपछी।ऐरावतीको त्यो अम्मरेश्वरी मन्दिरको दर्शन गर्दागर्दै मन बहलिनु एक प्राप्ती लाग्यो। अनेक थरीका अनेक उत्कण्ठा सुन्दा बहलिदो मन बहकिदो पिरौलीले पोतिन पुगीदो अनुभुती पाएँ।मन मनै गुन्न थालेँ की नेपाल त अगाँलोको धनी मुलुक अहिले अगाँलो आफै यो अमृत भगालोमा भताभूगँ परिरहे झै छ।मन मनै गुन्न थालेँ यहा शिवलाइ स्वर्ग ठान्छन कोहि दोभानलाइ पन्चपान्डव ठान्छन।माघेसक्रान्तीको उपलक्ष्यमा अम्मरेश्वरी मन्दिरभित्र बौद्ध हिन्दु मुसलमान समताभावले प्रगाढ अभ्यर्थता गर्छन,भाबधाराका सगँलो पानी कती सगँलो कती चोखोे आश्चार्य चकित बन्छू। जिन्दगी रहे फेरी भेटौला।

Thursday, December 27, 2012

बलात्कारी प्रहरीलाई ५ बर्ष कैद

पुस १२ - 
       बालिकालाई बलात्कार गरेको ठहर गर्दै सशस्त्र प्रहरीका एक जवानलाई जिल्ला अदालत मकवानपुरले ५ वर्ष कैद गर्ने फैसला गरेको छ । पीडित बालिकालाई पीडकबाट ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । जिल्ला न्यायाधीश टेकनारायण कुँवरको बिहीबार बसेको इजलाशले मनह ३ घर भई मनह कत्लेखोलास्थित सशस्त्र प्रहको अस्थायी बेसक्याम्पका २६ वर्षीय प्रह जवान रोशन पुडासैनीलाई १२ बर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । 
         चार कक्षामा अध्ययन गर्ने ती बालिकालाई कार्तिक ५ गते जंगल गएको अवस्थामा पैसाको लोभ देखाएर बलात्कार गरेका थिए । गाउँलेले पुडासैनीलाई समातेर कारबाहीका निम्ति सशस्त्रको अस्थायी क्याम्पमा बुझाएका थिए । सशस्त्र प्रह संगठनले पुडासैनीलाई जागिरबाट निलम्बन गरेर कारबाहीको निम्ति गत कार्तिक ७ गते प्रहलाई बुझाएको थियो ।